काठमाडौं । कोशी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन । कांग्रेसबाट बिद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्कीं मुख्यमन्त्री बने पछि महामन्त्री शर्माले असन्तुष्टी जनाएका हुन् । उनले कोशी सरकार गठन पछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ…