चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै…