गठबन्धन केहि नेताको प्राइभेट क्लब जस्तो भयाे : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे । ‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री…