सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी : उपेन्द्र यादव

काठमाडौं । जसपा अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले संघीय संसदमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन् ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त नीति तथा  कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजिएको जस्ताे देखिएको बताए । …