जनतालाई राष्ट्रपतिको सीमाबारे बुझाउन सकिएको छैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनतालाई राष्ट्रपतिको सीमा बुझाउन नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार सम्पादकहरुसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए । पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा…