कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू

मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको छ । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि हिजो पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै कोशी प्रदेशमा फेरि नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको हो । गत मंसिरमा आमनिर्वाचन भएयता कोशीमा अहिलेसम्म चार पटक…