काठमाडौँ । नेकपा एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौँ फिर्ता भएका छन् । सिरहामा आजका लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जानेक्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज…