काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ असोज ३ गते जारी भएको नयाँ संविधान माओवादीसँग डराएर बनाइएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसद्वारा आयोजित बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबारकाे कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानमा बीपी तत्व नरहेको पनि जनाए । “यो संविधानमा बीपी तत्व छँदै छैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन ।…