काठमाडौं । कोशी प्रदेशमा माओवादीभित्रको आन्तरिक द्वन्द्व छताछुल्ल भएको छ । शनिबारसाँझ बनेको सहमति आइतबार बिहान तोडिएपछि माओवादीभित्रको अन्तरद्वन्द्व छताछुल्ल भएको हो । उद्धव थापा मन्त्रिमण्डलमा माओवादीका तर्फबाट मन्त्री बन्नेको सूचि शनिबार साँझ तय भएको थियो । त्यसमा उदयपुरबाट निर्वाचित नारायणबहादुर बुर्जा मगरको पनि नाम थियो । तर आइतबार बिहान सपथग्रहणका बेला मगरको नाम काटेर…