काठमाडौँ । अमेरिकी सेनाको एक टुकडी आज काठमाडौँ आउँदैछ । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ(जेसीईटी) ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौँ आउन लागेको हो । यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…