नेपाल श्रीलङ्का प्रस्थान, पाण्डे कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए । अर्यालका अनुसार अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा…