काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो । सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न…