काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए । सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफ दिने…