काठमाडौं । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरे । आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै…