उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित

काठमाडौं । राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको…