कांग्रेस बैठक : संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्न घिमिरेको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने प्रस्ताव राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै पार्टीले सरकार गठन र संसद् पुनर्स्थापनालाई असंवैधानिक भनिसकेकाले त्यसैको पक्षमा उभिनुपर्ने बताए । उनले भने, ‘हामी विगतमा पनि प्रत्येक पटक संसद् विघटन हुँदा पुनर्स्थापनाको पक्षमा अदालत गएका छौँ । यस पटक किन…