काठमाडौं । प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको सांसद पद खारेज भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वाेच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उनको सांसदसँगै…