सरकारले मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । महतले नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता जनाए । कार्यान्वयनका लागि…