काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले २०७९ सालको निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन भई ५० जना विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका नेता कोइरालाले सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले चुनावका बेला गरेको प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको बताए…