काठमाडौँ । ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार (हिजो) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश श्रेष्ठको इजलासमा पेसी तोकिएको हो । मन्त्री बन्नका लागि मेडिकल…