काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । बुधबार चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरेका छन् । टोलीमा अर्थ मन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…