काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचना अनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ । त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको…