कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको नेतृत्वमा शिवाकोटी

दोलखा । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको नेतृत्व सरोज शिवाकोटीले लिएका छन् । कांग्रेस दोलखाको जेठ २ गतेको पूर्ण बैठकले शिवाकोटीलाई सम्पर्क समितिको अध्यक्षमा मनोनयन गरेको हो । यसअघि शिवाकोटीले सम्पर्क समितिको सचिव रहेर कुशलतापूर्वक कार्यसम्पादन गरेका थिए । दोलखाको कालिन्चोक गाउँपालिका ८ सुनखानीमा जन्मिएका शिवाकोटी हाल राजधानी काठमाडौंमा बसी पार्टीको सक्रिय राजनीति गर्दै आएका…