काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेलविरुद्ध कांग्रेसका प्रदीप पौडेल उम्मेदवार

काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । शनिवार मध्यरातसम्म बसेको कांग्रेस संसदीय बोर्डले पौडेललाई काठमाडौं-५ बाट उठाउने निर्णय गरेसँगै एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग प्रतिस्पर्धा हुने भएको हो । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं-५ मा कांग्रेसले पौडेललाई उम्मेदवार…