प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दिन पाँच दलको अपिल

काठमाडौं । सत्ता गठबन्धन आबद्ध चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आसन्न निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन्। गठबन्धनको मंगलबार बसेको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। ‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति…