काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमाले सचिव टोपबहादुर रायमाझीको नाम…