काठमाडौं । नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले राजीनामा दिएका छन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् । माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् ।…