काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा २०८०/०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा उनले भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुर्याउनुपर्ने बताए । ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनु पर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ उनले भने,…