राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार…