असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौंः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि नेपालले असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार ललितपुरको जावलाखेलमा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने…