चुनाव घोषणा गर्छु भन्दै देउवाले फोन गरेपछि प्रचण्डले भने: केहि दिन पर्खिनुस् !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्नका लागि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति मागेका छन् । बिहीबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका अध्यक्षसहितका नेताहरुसँग प्रचण्डले देउवाले फोन गरेर चुनावको मिति घोषणा हुन लागेको बताएको र आफूले केही दिन रोक्न आग्रह…