काठमाडौं । राष्ट्रपति पदको साझा उम्मेदवारमा सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज निर्णायक वार्ता हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दै छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सघन छलफल भइरहेका बेला प्रधानमन्त्री दाहालले आज अध्यक्ष ओलीसँग वार्ता गर्ने तयारी गरेका हुन् ।…