काठमाडौँ । आगामी ४ मंसिरमा आम निर्वाचनको घोषणा भइसकेपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता मनिराम उपाध्यायसहित पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सरकारले निर्वाचन आयोगको परामर्शतमा गत साउन १९ गते आगामी…