काठमाडौं । सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । संसद भवन नयाँ बानेश्वर पुगेर न्यौपनेले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला छन् । संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो…