काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वगुहमन्त्री समेत रहेका सांसद रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई सरकारले सुनेपनि नसुनेझै गरेको भन्दै आपत्ती जनाए।…