नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल महिला संघको नेतृत्वमा मीना खरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा मनोनयन गरेका हुन् । खरेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी थिइन् । सामाजिक क्षेत्रमा, विशेष गरी असहाय महिला तथा बालबालिकासँग सम्बन्धित…