काठमाडौं । पूर्व अर्थ मन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । आज नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो । पौडेल गत असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। …