राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित

काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी अब नेपाली काँग्रेसमा औपचारिक रूपमा समाहित भएको छ। आइतबार पार्टी समायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सो एकीकरण प्रक्रिया टुंगिएको हो। काठमाडौँको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त अवसरमा पार्टी एकीकरणसम्बन्धी औपचारिक घोषणा समेत गरिएको हो। सम्झौतामा गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका…