नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्। बालुवाटारमा शुक्रबार बसेको पाँच दलीय गठनबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएको एक नेताले जानकारी दिए…