सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, सरकार बनाउन एमाले र माओवादीले नेकपा एस फकाउँदै

धनगढी । सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन  एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् । त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एमालेसँग १०,  एकीकृत समाजवादीसँग…