कांग्रेसले पठायो निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ । बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ । विभिन्न ३४ बुँदामा जारी भएको परिपत्रमा पार्टीको पक्षमा बलियो माहौल बन्दै गएको पनि उल्लेख छ ।