कांग्रेसले ढोक्सा थापेको हो भने त्यसमा माछा पर्नेवाला छैनः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइन भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताए । तर, यदि ढोक्सा थापेको हो भने त्यसमा माछा पर्नेवाला छैन…