वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ जना केन्द्रीय सदस्‍य

काठमाडौं । एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी खोलेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् । गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । असार ११ मा जन्माएको पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक आज सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गौतम…