एमाले सचिवालय बैठक आज बस्दै, समानुपातिक सांसदको नाम टुंगो लगाउने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो। एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुने छन्।…