ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेकाे जस्तो अवस्था पञ्चायतकालमा समेत नभएको उनले दाबी गरे । कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा…