काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा भोली सम्ममा निर्णय गर्ने भएको छ । आजबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा भोली सम्ममा औपचारिक निर्णय गर्ने भएको हो । अहिलेसम्म सरकारको बारेमा पार्टीको नीति पर्ख र हेर भएको अध्यक्ष माधवकुमार नेपालले बैठकमा बताएका छन् । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले…