ओली र बालेनबीच गोप्य भेटवार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन् । भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो। यो तस्बिर एमालेकी सांसद शान्ता चौधरीले…