धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

काभ्रे । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।…