काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवारका रुपमा डा. भट्टराई सर्वसम्मत सिफारिस भएका हुन् । बिहिबार बसेको नेकपा एमाले क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष निर्मल कुइँकेलले…