काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै छन् । टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उहाँ मंगलबार साँझ त्यसतर्फ जान लागेका हुन् । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई…